Thread Rating:
  • 6 Vote(s) - 3.17 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
Incest पदयात्रा (दाजु-बैनीको अनाचार)
#79
पाचौं दिन

बिहान साढे तिन बजे अलार्म लगाएपनि एकछिन पछी उठौंला भनेर सुतेको पाँच बजे मात्र उठियो, होटलको हिसाबकिताब हिजो बेलुकी नै तिरिसकेकोले कुनै समस्या थिएन । हतार हतार गरि तयार भएर बाहिर निस्कँदा १०-१२ जना नै तिलिचो जानका लागि हिँडेका टोली भेटियो र हामी पनि उनीहरुसँगै जाने भनेर पछी पछी लाग्यौं । टोलीमा धेरै जना त्यहाँबाट तिलिचो ताल गएर फेरि त्यही बाटो फर्किने रहेछन् । बाटोको बिचबिचमा हिमाली वन्यजन्तु सायदः नाउर, घोरल हुनसक्छन् (किनभने म वन्यजन्तुको विज्ञ परिन) पाखमा चरिरहेका देखेर मन लोभिन्थ्यो, हाम्रो गतीलाई पछि पार्दै निकै मानिसहरु अगाडी गए, निकै मानिसहरु फर्केर हामीभन्दा पछाडी मनाङ्गतिर लागे । बाटोमा जो जो सँग गफ हुन्थ्यो हामी तिलिचोबाट सिधै थोराङ्ग पास हुँदै मुक्तिनाथ जाने कुरो बताउँदा पत्याउन गाह्रो मान्ने मानिसहरु पनि थिए । कतै ठाडै उकालो अनि बलौटे माटो जस्तो गेग्र्यान बाटोमा हिँड्नुपर्ने घरि सानो एकोहोरो गोरेटो बाटोमा हिँड्नुपर्ने त्यो बाटोमा रोसनी अलि बढी डराएकी पनि थिई, किनभने थोरै मात्र पनि खुट्टा दाँया-बाँया भयो भने सिधै तल खोलामा पुगिने त्यसैले नै होला तिलिचोको पदयात्रा र थोराङ्ग पासको पदयात्रा नेपालमा हुने पदयात्रा मध्य निकै गार्हो मानिदोरहेछ । एकजना सँगै हिँड्ने शायदः अलि बढी जानकार होलान् उनले बताए अनुसार हामी माछापु्च्छ्रे हिमालको पछाडीपट्टी अर्थात् अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरी भागमा छौं , साथै अन्नपूर्ण, मनास्लु लगायत बिभिन्न हिमश्रृंखला र दायाँ बायाँ देखिने चौरी चर्ने नाङा पहाडहरु हेर्दै डरलाग्दो बाटो छिचोल्दै दिउँसोको चार बजे तिर हामी तिलिचो बेसक्याम्प जुन समुद्री सतहबाट ४,२०० मि. पुग्यौं । आजको रात त्यहीं बिताउने निश्चय भएपनि हामीलाई सुत्नका लागि जोहो गर्न सकस भयो, भट्टीमा काम गर्ने केटोले सल्लाह दियो “अनि टेण्ट स्लिपिङ्ग ब्याग बोकेर हिँड्नु भा’रैछ त ! त्यही लगाउनुस् न ! खाना यहीं खानुहोला सुत्नलाई भईहाल्यो !” त्यो भाईलाई धन्यवाद् दिदैं मैले सहयोग मागे, किनकी मलाई टेण्ट लगाउन आउँदैन थियो, खुशीको कुरो उसले मलाई टेण्ट लगाउन पनि सिकाईदियो । निकै चिसो पो थियो त त्यहाँ, छ नबज्दै भट्टीवालाले खाना ख्वाईदियो राती बत्तीको समस्या हुन्छ भनेर ! त्यसपछी भने ड्रम काटेर बनाएको आगो बाल्ने भाँडोमा झुम्म भएर हामी बस्यौं, आज आएका सबैजना सँगै गफिदैं बस्दा निकै रमाईलो पनि भयो । केहि विदेशी पर्यटकहरु विदा लिएर, उस्तै परे जब छोडेर गर्लफ्रेण्ड सँगै दुई-तिन महिनाको लामो छुट्टी लिएर पनि घुम्न आउने रै’छन । त्यो कुरा सुनेपछी रोसनीले मलाई पुलुक्क हेरी, मैले मन्द मुस्कान छोडेपछी उसले पनि मुस्कान पस्किई । आफूलाई विदा मिल्नै यति गाह्रो थियो, त्यसमाथी जब छोड्ने त कल्पना बाहिरको कुरो भयो, अनि झुत्री गर्लफ्रेण्ड एक रात बाहिर बस्न त दुनिया नाटक गर्छे यति लामो यात्रामा कसलाई पो च्यापेर आउने हो र ? राती त्यहाँ सुत्ने ठाउँ पाएको भएपनि गाह्रो हुने रैछ भन्ने पनि थाहा भयो, एकजना राम्रोसँग हिँड्न नसकेर तिलिचोबाट फर्केर त्यहीं बसेकोले भन्दैथियो, अघिल्लो राती मरिगए निद्रा लागेन, जाडो त्यस्तै अनि भट्टीवालाले ओढ्न दिएको सिरक ज्यानगए नतात्ने तर के गर्नु आफ्नो ज्यानले साथ दिएन । हामीलाई भने पाएको भए कति जाती हुन्थ्यो भन्ने थियो, सिरक नताते स्लिपिङ्ग ब्याग खाप्नु हुन्थ्यो भन्ने थियो, तैपनि सिरक माग्ने चेष्टा नगरेको होईन, उसले पुग्दैन भनेर टारिदियो ।
[+] 1 user Likes nepalixb's post
Like Reply


Messages In This Thread
RE: पदयात्रा (दाजु-बैनीको अनाचार) - by nepalixb - 14-06-2021, 01:30 PM



Users browsing this thread: 1 Guest(s)