15-01-2021, 02:31 PM
मलाई पदयात्रामा थोरङ्ग पास वा कालापत्थर जाने ठूलो रहर थियो । यस्तो पदयात्राको लागि राम्रो समय भनेको दशैँको आसपास अर्थात सितम्बर/अक्टुबर वा चैत्रको अन्तिम साता देखि जेष्ठको पहिलो र दोस्रो सातासम्ममात्र हो । हिँउ तथा पानी नपर्ने अनि मध्यम प्रकारको हावापानी हुने बेलामानै हिमालको छेउछाउतिर पदयात्रा गर्नको लागि यहीनै उत्तम मौसम तथा समय मानिन्छ । संयोग माने पनि जे माने पनि अरुको जस्तो नहुँदो रैछ, प्राविधिक कम्पनीमा दशैंको बेलामा बिदा माग्नु भनेको अपराधसरह मानिदो रहेछ, अरु प्रायःले दशैंको समयलाई उत्तम समय भन्दै घुमेको तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा आफूभने अष्टमीको दिनसम्म पिडित अफिसमै बसेर काम गरिरहनुपरेको । लामो प्रयासपछी मैले जेष्ठ महिनाको पहिलो साताबाट बिदा पाउने भए, तर अफिसका साथीहरु त्यति लामो पदयात्रामा जान नचाहने अनि आफ्ना कलेजका साथीहरु भने जागिर नभएका पैसाको अभाव देखाउने, केहि भर्खरै जागिर सुरु गरेकाको छुट्टी नै नमिल्ने तनाव नै थियो । घुम्न जाने सोच अनि बिदा पनि मिल्ने सुनिश्चित भएको बेलामा भने म पदयात्रामा जाने साथी नपाएर हैरान थिएँ । भएकी एउटी गर्लफ्रेण्ड एक्लै जान नमिल्ने भन्दै पछी हटेकी थिई । बैसाखको तेस्रो साताको सप्ताहान्तमा म तनावपूर्ण रुपमा पदयात्रामा कसरी जाने र कोसँग जाने भन्ने दोधारमै घोरिईरहेको थिएँ । मेरो घुम्न जाने मनसाय बैनीलाई पनि थाहा थियो, दिउँसोको समय एक्लै कोठामा झोक्राईरहेको देखेर रोसनीले खिस्याएझैं गरि भनी “के भो दाई ! एउटा साथी पनि जुटाउन सक्नु भएन है ?” उसले खिस्याएको भन्दा नि मेरो आफ्नै कमजोरी हो भन्ने स्वीकार्दै मैले भनें “क्यार्नु केटी ! पैसा समय सबै व्यवस्था गरिसकेर पनि साथी नपाउँदा त दिक्दारी नै हुँदो रहेछ नि !” रोसनी मेरो छेउमै आएर टाँसिदै भनि “हजुरलाई अप्ठेरो नपर्ने भए मलाई लैजानु नि त ? परिक्षा पनि सकियो अबको हप्तामा प्रोजेक्ट वर्क पनि सकिन्छ, अनि सेमेष्टर ब्रेक हुन्छ धेरै छुटे एक-डेढ हप्ताजति पढाई छुट्ला त्यति त म कवर गरिहाल्छु नि ?” “लान त हुन्थ्यो केटी ?” रोसनीले मेरो टाउको उठाएर मेरो आँखामा आँखा जुधाउँदै भनि “हजुरलाई फ्रिडम हुँदैन भन्ने डर लाग्या होला ? नडराउनुस् जाने खाने बस्ने सँगै हो तर आफ्नो मन लागेको रमाईलो गर्ने नि ? म कसैलाई पनि भन्दिन अनि हजुरलाई पनि अप्ठेरोमा पार्दिन प्रमिस् !” “ल मलाई सोच्न दे त्यसोभए !” रोसनीले “हस् दाई !” भनेर आफ्नो कामतिर लागि, मैले यसो बिचार गरें, आखिर मैले पदयात्रामा त्यस्तो नचाहिने काम के नै गर्छु र रोसनीसँग डराउनुपर्ने ? कहिलेकाही रक्सी-बियर पिउने गरेको रोसनीलाई थाहा छ अझ रोसनी र म मिलेर घरमै पनि बेलाबेलामा वाइन पिउथ्यौं, मैले चुरोट सल्काउँछु भन्ने पनि रोसनीलाई थाहा छ भने अरु त के नै हुन्छ र ? अनि मैले रोसनीलाई लैजाने अन्तिम निर्णय लिएँ अनि गन्तब्य कता भन्ने कुरामा सोच्न थालें । कालापत्थर वा मनाङ्ग दुई मध्य कुन ठिक हुन्छ भनेर मैले गुगल लगायत ट्रावल एजेन्टस् लगायतसँग परामर्श लिएँ । विशेषतः जेष्ठ महिनामा सगरमाथा आरोहण गर्नेको भिड बढी हुने भएकोले तिलिचो ताल नै उपयुक्त हुने निस्कर्ष निकालें मैले । तर यसमा बैनीको पनि सहमति लिनुपर्ने थियो । त्यसैले मैले साँझ बैनीलाई सोधें “के छ केटी ! कालापत्थर जाने की तिलिचो ताल !” बैनीले एकसटमा उत्तर दिई “तिलिचो जाने !” मैले उसको फटाफट उत्तरको कारण पनि बुझिहालें, पोहोर परारदेखि तिलिचो ताल जाने चलन अलि बढ्दै गएको पनि थियो । त्यही साथीभाईहरुले फेसबुकमा हालेको फोटोको डाहले उसले तिलिचो भनेकी थिई ।