08-11-2020, 09:44 PM
हाम्रो घर बाग्लुङ्ग बजारमा हो र एउटा घर काठमाण्डौमा पनि छ । बा-आमा बाग्लुङ्गमै बस्नुहुन्छ, त्यहाँ पसल चलाउनुहुन्छ अनि हामी चाहिँ आठ कक्षा पढ्दादेखि काठमाण्डौमै बसिरहेका छौं । काठमाण्डौको घरमा हामी दोस्रो तला र तेस्रो तलामा बस्छौं, मतलब एउटा डबल कोठा लिभिङ्ग रुम, एउटा मेरो बेडरुम, एउटा रोसनीको बेडरुम अनि कमन बाथरुम र किचन छ भने तेस्रो तलामा दुईवटा बेडरुम र डबल कोठाकै किचन डाइनिङ्ग अनि कमन बाथरुम छ । रोसनीको र मेरो बेडरुममा एटेच बाथरुम छ, तर त्यो एटेच बाथरुम पछि बनाईएकोले अलि फरक किसिमको छ । बाथरुमलाई दुई तिरबाटै फूल साइजको ट्रान्सपेरेण्ट ग्लासले बारिएको छ र त्यसलाई प्राइवेसी मेन्टेन गर्नका लागि एक फिट माथीदेखि काँधसम्म प्लास्टिकको स्लाइडिङ्ग पर्दा छ भनें ढोका चाहिँ ग्लेज्ड सिसाको छ । माथी तल्लाको बेडरुमको पनि एटेच बाथरुम त्यस्तै छ जहाँ बा-आमा आउँदा बस्ने गर्नुहुन्छ । गेष्टरुममा भने एटेच बाथरुम छैन र उनीहरुको लागि कमन बाथरुम नै प्रयोग गर्नुपर्ने हुन्छ । भुईतला र पहिलो तला भाडामा दिने गरि बनाईएको हुनाले दोस्रो तलासम्म आउने भर्याङ्ग बाहिरबाट छ भने तेस्रो तलामा जानका लागि भित्रैबाट भर्याङ्ग बनाईएको छ । दोस्रो तलामा छिरपछी झण्डै भन्नुपर्दा छुट्टै संसार थियो । उसो त बा-आमा पालैपालो हरेक महिना तिन देखि चार दिनको लागि काठमाण्डौ आएर हाम्रो व्यवस्था मिलाएर फर्कनुहुन्थ्यो, घरभाडा पनि बा-आमा आएको बेलामा नै आफैले बुझ्नुहुन्थ्यो र हामीलाई सिमीत पकेटखर्च दिनुहुन्थ्यो । रोसनीको बाह्र कक्षाको परिक्षा नसिञ्जेलसम्म घरायसी कामका लागि एकजना काम गर्ने आईमाई राखिएको थियो र उसले बिहान आएर खाना पकाउने सफा गर्ने अनि बेलुकाको खाना पकाएर सकेपछी फर्किन्थी, अहिले भने हप्ताको एकपटक आएर बेडसिट, सिरको खोल, तकियाको खोल लगायत पर्दा आदि सफा गर्ने पुरै घरमा भ्याकुम लगाईदिने अनि पोछा लगाउनुपर्ने ठाउमा पोछा लगाएर जान्थी । बाह्र कक्षाको परिक्षा सकिएपछी भने रोसनीले खाना बनाउने गर्थी कपडा धुनका लागि वासिङ्ग मेसिन छदैंथियो । बैठकमा भएको पैसठ्ठी ईञ्चको टि.भी. रोसनीको पेवा जस्तै थियो, म प्राय आफ्नै ल्यापटपमा व्यस्त रहन्थे, बा-आमा आउँदा भने उहाँहरुले थोरै समय समाचार लगायत आफ्ना मनपर्ने कार्यक्रमहरु हेर्नहुन्थ्यो । काठमाण्डौकै घरजस्तो बाग्लुङ्गको पनि घर थियो, खालि बाग्लुङ्गको घरमा भुईं तलामा सटर थियो र त्यही सटरमा पसल, पछाडीका दुई कोठा भाडामा थियो भने पहिलो तल्ला पनि भाडामा थियो । बाग्लुङ्गको घरमा पनि दोस्रो तलासम्म जानका लागि बाहिरबाट भर्याङ्ग थियो भने तेस्रो तलामा जाने भर्याङ्ग भने भित्रैबाट थियो । खाली बाग्लुङ्गको घरमा कुनै पनि कोठामा एटेच बाथरुम थिएन ।