16-01-2021, 08:36 PM
द्वितीय दिन
फ्रेस भइसकेपछी हामीले त्यही होटलमा ब्रेकफास्ट गर्यौं अनि जिपमा चढेर घलेगाउँको लागि प्रस्थान गर्यौं । घले गाउँ नेपालमा मात्रै नभई सार्क राष्ट्र तथा अन्तराष्ट्रमा समेत नमुना पर्यटकिय गाउँको रुपमा चर्चित एक गाउँ हो जुन काठमाडौंदेखि झण्डै दुईसय किलोमीटर उत्तर–पश्चिमतर्फ लमजुङ जिल्लामा समुद्री सतहबाट करिब २१०० मिटरको उचाईमा रहेको यस गाउँबाट निकै मनोरम प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । यहाँको भ्यू प्वाइन्टबाट बिहान सबेरै सूर्योदयको समयमा एकसय असी डिग्रीभन्दा बढी हिमश्रृङ्खलाको दृश्य जुन देखिन्छ त्यसलाई लामो समयसम्म आफ्नो मानसपटलबाट हटाउन सकिँदैन । अन्नपूर्ण संरक्षण क्षेत्रको एक हिस्सा रहेको यस गाउँमा वासिन्दा भने अघिकांश बासिन्दा गुरुङ समुदायका छन् जो ‘अतिथि देवो भवः’ का प्रतिमूर्तिका रुपमा पाइन्छ । यहाँको बिशेषता भनेकै होमस्टे (स्थानीय बासिन्दाको घरमा खाने बस्ने) हो र सोही कारणका लागि यो गाउँ यत्रतत्र चर्चित छ । बिहान साढे आठ बजे जिप चढेर हिँडेका हामी दाजु-बैनी झण्डै तिन घण्टापछी घले गाँउमा पाईला टेक्दै थियौं । डरलाग्दो पहाड काटेर, भीर खोपेर बनाएको, जताततै राक्षसको दाह्रा जस्ता देखिने ढुंगाहरु अनि एकदमै साँघुरो बाटो छिचोल्दै गाडी अगाडी बढ्दा घरिघरि आङ्ग सिरिङ्ग हुन्थ्यो, रोसनी त एक हातले जिपको ग्रीप र अर्को हातले मेरो हात च्याप्प समातिरहेकी थिई, भित्तातिर ठोकिनै लागेको जस्तो हुँदा अनि भीरपट्टी खस्नै लागेको जस्तो हुँदा “आबुईऽऽऽ... !” गर्दै मसँग टाँसिन आईपुग्थी । गाडी चढ्नु अगावै मैले होमस्टेको लागि फोन गरिसकेको थिएँ त्यसैले हामीलाई कुनै टेन्सन थिएन । तर त्यहाँ पुग्ने हरेक पाहुनालाई टिका र माला लगाएर स्वागत गर्ने प्रचलन रहेछ, रोसनी दङ्ग परी । लाग्दो हो कुनै बिशिष्ट अतिथी भएर त्यहाँ पुगएको छ । हुन त हाम्रो जिपमा सवार सबै घुम्नकै लागि पुगेका रहेछन् । हामीलाई एउटा गाँउले घरमा लगियो र हामीले त्यहीँ खाना खायौं, लोकल खाना निकै मिठो पनि थियो, बाटोमा गाडीले रोकेको ठाउँभन्दा निकै सफा पनि । खाना खानुभन्दा अगाडी हामीलाई त्यही घरकै एक छेउमा रहेको कोठामा छिराईयो जसमा दुईवटा बेड (हिजोको भन्दा केहि ठूलो) थियो हिजोको होटलभन्दा निकै सानो कोठा थियो भने दुई बेडको बिचमा एकजना मान्छेमात्र हिँड्न मिल्ने ठाउँ कपडा झुण्ड्याउनका लागि भित्तामा ह्याङ्गर ठोकिएको थियो भने बाथरुम-ट्वाईलेट त्यही कोठाको पछाडीपट्टी घरभन्दा केहि पर थियो ।