15-01-2021, 02:34 PM
पहिलो दिन
जे होस् हामी दाजु-बैनी तिलिचो जाने पक्का भयो र मैले घले गाउँ हुँदै घुम्दै घुम्दै तिलिचो पुगेर थोरङ्ग हुँदै मुक्तिनाथ झरेर बेनीको बाटो काठमाण्डौं फर्कने प्लान बनाएँ । तर मेरो पुरै प्लानको बिषयमा भने रोसनीलाई पुरै जानकारी थिएन । मैले त्यही अनुसारको सपिङ्ग पनि गरें । लेक लाग्छ भन्ने डरले भट्मास, लसुन समेत मिलाएर मसला पनि तयार गरियो । अनि बिहानैको पहिलो गाडीमा बेंसिसहर जाने गाडीको सिट सुनिश्चित गरेर हामी सुत्यौं, बिहान सबेरै उठेर झोला प्याक गर्ने भनेर सल्लाह भएको थियो तर बिहान ढिलो उठिएछ । हतार हतार झोला प्याक गरेर बसपार्क पुग्दा बस छुटिसकेको थियो । हुन त बसको टिकटको लागि पैसा तिरिएको थिएन त्यही भएर टेन्सन त भएन, बस छुटिसकेपछी भने हामी माईक्रोबस चढ्यौं तर मोरो माईक्रो पुरै सिटमा मान्छे नभरिएसम्म अगाडी नबढ्ने रहेछ, झण्डै एक घण्टा पछी मात्र माईक्रोले आफ्नो गन्तब्यको गति सुरु गर्यो अनि हामी जिन्दगीमै पहिलोपटक माईक्रो चढेर बेसिसहरको लागि हिँड्यौं । सानो माईक्रोमा पन्ध्र-सोह्र जना मानिस अलि खाँदिएको हो कि जस्तो लाग्ने । लास्ट सिटभन्दा अगाडीको सिटमा हामी दाजु बैनी बसेर बेंसिसहरको लागि रवाना भयौं । पढ्नका लागि सहरमा प्ल्याट नै लिएर बसेको अनि प्राय घर आउने जाने बेलामा फ्लाईट तथा डिलक्स बसको प्रयोग गर्ने भएकोले यस्तो कष्टकर यात्राको सामना हामी दाजु-बैनीको लागि नै पहिलो थियो । मलेखुमा माईक्रोले खाना/नास्ता खाने भनेर रोक्यो, यसो हेरेको खान लायक केहि पनि देखिन, रोसनीले त झन कस्तो ठाउँमा ल्याएर रोक्यो भन्दै छि-छि दुर दुर गर्दैथिई, मैले रोसनीलाई भनें “हेर बैनी अब काठमाण्डौ नफर्कुञ्जेलसम्म खानाको बिषयमा किचकिच नगर ! हामी जान लागेको ठाउँ सहर बजार हैन गाउँठाउँ हो ? यस्तै गर्न थालियो भने त हामी न पेटभरी खान पाउँछौं न तिलिचो नै पुग्छौं !” मैले त्यति भनेपछी भने रोसनीले खाना खान तयार भई, सामान्य दाल-भात हामीले खायौं । डुम्रे पुगेपछी भने झण्डै आधा मान्छे नै झरे, अनि माईक्रोले फेरी सिट नभरिई नजाने सुर गर्यो । डुम्रेमै पनि हामीले झण्डै चालिस मिनेट बिताउनुपर्यो तर चपपट लगायत केही गतिलै खानेकुरा भने खान पाईयो । त्यसपछीको यात्रा साँघुरो बाटो नागबेली तालमा माईक्रो हिँड्यो, बाटोमा रोसनी निदाईसकेकी थिई भने म पनि हल्का झकझकाई रहेको थिएँ । साँघुरो बाटो अनि साँघुरो सिट, गर्मीको समय रोसनी र म एकापसमा टाँसिएर बसेका कारण पसिनाले लतरपतर पारिसकेको थियो । तर पनि जसो तसो बेलुकीको चाढे चार बजेतिर हामी बेंसिसहर पुग्यौं । पहिलो पटक पुगेको ठाउँ, कस्तो होला कस्तो भन्ने दोधारमै हामी बेंसिसहर पुगेका थियौं, ठुलै होला भन्ने लागेको थियो तरपनि सानो चिटिक्कको गाँउ रहेछ नदिको किनारमा । ट्रावल वालाले केहि होटलको नाम दिएको थियो, मैले रोसनीलाई भनें “आज यहीं बस्ने अनि भोली बिहानै घले गाँउ जाने ! जाम् केटी उ त्यहाँ होटल रैछ कोठा छ कि छैन सोधौं ?” रोसनीको अनुहारमा अलि रिसजस्तो झल्किदैथियो मैले बुझिहालें र रोसनीले बोल्नुभन्दा अगाडीनै भनें “सरी सरी मैले ट्रावल प्लान त बताएकै छैन नि मेरो बैनीलाई ! जाम् अहिले होटलमा बसेर गफ गर्दै सबै डिटेलमा म भन्छु !” त्यसपछी भने रोसनी अलिक आश्वस्त भई । रोसनीले होटलको बाहिरबाट नै हेर्दै भनी “नाई दाई यस्तो होटलमा त नबस्ने ?” मैले एक स्थानियलाई सोधें “अलि राम्रो होटल कता छ ?” उनले मलाई अलि उत्तरतिर देखाउँदै भनें “दश मिनेटजति लाग्छ हिँडेर अगाडी जानुस् पाउँछ !” हामी आफ्नो झोला बोकेर लखरलखर अगाडी लाग्यौं, उसैपनि कति दिन पैदल हिँडिन्छ भन्ने कुराको ठेगान थिएन, त्यसैले वार्म अप हुन्छ भन्दै रोसनीलाई मैले उक्साएँ । होटल पुग्दा सम्म रोसनी लखतरान भईसकेकी थिई, मैले रोसनीलाई भनें “यति हिँड्दैमा यस्तो ताल छ केटी तिलिचो कसरी पुग्ने होला ?” रोसनीले मलाई आफ्नो आत्मबल दह्रो छ भन्ने कुरालाई बल दिदैं भनी “माईक्रोमा कोच्चिएर यस्तो गाह्रो भा’को हो के दाई ! भोली हेर्नुन म कसरी हजुरलाई उछिनेर अगाडी अगाडी पुग्छु ?” राम्रै होटल रहेछ, पार्किङ्ग लगायतको राम्रो व्यबस्था भएको । मैले काउण्टरमा पुगेर सोधें “रुम छ होला ?” रिसेप्सनले एकछिन है भन्दै चाबी खोजेर हामीलाई दियो र झोला रिसेप्सनमै छोडेर रोसनी र म रुम हेर्न हिड्यौं, माथिल्लो तलामा एउटा रुम खोलेर देखाउँदै केटोले भन्यो “लौ हेर्नुहोस् !” रुम त राम्रै रहेछ, दुईवटा बेड सिंगल बेड तथा एटेच बाथरुम सहित टि.भी. लगायतका सुविधा भएको, मैले केटोलाई सोधें “अर्को ?” “यो लास्ट रुम हो हजुर ! तैपनि तल रिसेप्सनमा सोध्नुस् न ?” हामी रिसेप्सनमा झर्यौं र सोध्यौं, अरु रुम नभएको कुरा सुनेपछी मैले रोसनीलाई भनें “हेर केटी ! अन्त त सबै ठाउँमा यस्तै पनि नपाईएला यहाँ त कमसेकम दुईटा रुम पाईन्छ कि भनेको के गर्ने ?” रोसनीले सहजै भनी “ह्या दाई ! एकै रातको कुरा त हो तैपनि सेपरेट बेड छँदैछ एडजस्ट गरौंला नि ?” हामीले त्यही रुममा चेकईन गर्यौं । रुममा पुगेर एकछिन सुस्ताउँदै गर्दा रोसनीले कपडा फेर्छु भन्दै झोला खोल्न सुरु गरि, मैले रोसनीलाई रोक्दै भनें “हेर केटि पैदल यात्रामा हिँड्न लागेको हामीले सकभर कम लुगामै काम चलाउनु पर्दछ, अहिले खाना खाएर आएपछी सुत्ने कपडा लगाउँला नि किन टेन्सन मान्छेस् !” “हस् दाई !” भन्दै रोसनीले कपडा ननिकाली झोला बन्द गरि ।